Harsamaya
कांग्रेसको राष्ट्रिय भेलाको उद्घाटन भोलि, यस्तो छ कार्यतालिका
नेपाली कांग्रेस ।

काठमाडौं - नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिले लामो समयसम्म स्वास्थ्योपचार गरी स्वदेश फर्किएका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा भोलि राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार देशभरबाट कांग्रेसका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक, युवा, तरुण, विद्यार्थी, उद्योगी, व्यवसायी तथा विभिन्न पेसा र क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई भेलामा सहभागी हुन आह्वान गरिएको छ।

राष्ट्रिय भेलाको उद्घाटन साउन २९ गते बिहान ११ः३० बजे काठमाडौंको मिराकल पार्टी भेन्यु, सुकेधारामा हुने जनाइएको छ।

भेला साउन ३० र ३१ गते पनि सञ्चालन हुनेछ। विज्ञप्तिअनुसार विधानको नासकता बिहान ७ः०० देखि ९ः०० बजे, विषयगत बैठक बिहान ९ः०० देखि १२ः०० बजे, दिउँसोको खाना १२ः०० देखि १ः०० बजे तथा विषयगत छलफल १ः०० देखि ५ः०० बजेसम्म हुने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update