Harsamaya
श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन म्याद थप
सम्पादक किशोर श्रेष्ठ ।

काठमाडौं - वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको छ।

जिल्ला अदालत काठमाडौंले बिहीबार श्रेष्ठलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

प्रहरीका अनुसार श्रेष्ठलाई बुधबार राति वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।

अदालतबाट म्याद थप भएसँगै प्रहरीले श्रेष्ठमाथि लागेको आरोपबारे थप अनुसन्धान अघि बढाउने भएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update