रोल्पा - थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा थवाङ–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर रहेका छन्।
पहिरोमा परी घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ।
पहिरोमा परी नौ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा ३८ वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ५ वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६१ वर्षीय लिलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन्।

