रोल्पा - अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा तीन जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा बेपत्ता हुनेमा ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डल बहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेका छन्। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

