Harsamaya
रोल्पा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी
थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरो ।

रोल्पा - थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना  बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । 

थबाङ –५ बोटलबारामा गएरातिको पहिरोले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्दछ । 

पहिरोमा परेका  छ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ ।  घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए ।

आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी  जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए । 

उनले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताए । 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update