Harsamaya
स्रोत नखुलेको नेपाली र भारतीय नगदसहित फलफूल पसल सञ्चालक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौँको कुलेश्वरबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार फलफूल पसलमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले कुलेश्वरस्थित पसलमा छापा मार्दा नेपाली रुपैयाँ ७६ लाख २७ हजार ३०० र भारतीय रुपैयाँ ३ लाख ४ हजार ३०० बरामद गरेको हो।

प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका–६ घर भई काठमाडौँ कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साहलाई नियन्त्रणमा लिएको जनाएको छ। रकमको स्रोत तथा हुण्डी कारोबारसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साहलाई हुण्डीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update