ब्राउन सुगरसहित एक महिला पक्राउ
सुनसरी - इटहरी उपमहानगरपालिका–१७ लबिपुरबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका–२ बस्ने २९ वर्षीया भावना गुरुङले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले लबिपुरस्थित सडकबाट उनलाई शंकास्पद अवस्थामा फेला पारी शरीर खानतलासी तथा चेकजाँच गर्दा उनको साथबाट १०.७० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउ परेकी गुरुङलाई उक्त पदार्थसहित इलाका प्रहरी कार्यालय पकलीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ २१:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

