नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशत छुट
काठमाडौं - नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले चितवनको भरतपुरस्थित मनकामना अस्पताल प्रा.लि.मा स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन्।
कोष र अस्पतालबीच भएको सम्झौताअनुसार कोषका सहभागी, सेयरधनी तथा कर्मचारीलाई अस्पतालबाट उपलब्ध हुने सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिइनेछ। सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन्।
यसैगरी, छुटबाहेक सिटी स्क्यान र शल्यक्रियामा थप १०/१० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुटसमेत उपलब्ध हुने जनाइएको छ।
छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र, कोषमा आबद्ध भएको प्रमाणपत्र वा पहिचान खुल्ने अन्य आवश्यक कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

