Harsamaya
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तव ।

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । 

भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । 

राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकाल सफलताको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । 

यसैगरी, प्रधानमन्त्री शाहसँग आजै नेपालका लागि चीनका राजदूत चाङ माओमिङले पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update