Harsamaya
शशांक कोइरालाले आज पत्रकार सम्मेलन गर्दै, राष्ट्रिय भेलाबारे धारणा सार्वजनिक गर्ने
नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइराला ।

काठमाडौं - नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

राष्ट्रिय भेला आयोजक समितिले शुक्रबार दिउँसो २:३० बजे चुनदेवीस्थित समितिको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको जनाएको छ।

समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माद्वारा जारी निमन्त्रणामा पत्रकारहरूलाई समाचार संकलन, प्रकाशन तथा प्रसारणका लागि उपस्थित हुन आग्रह गरिएको छ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको राष्ट्रिय भेला, त्यसको उद्देश्य तथा समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update