Harsamaya

धनगढी - सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्।

गोदावरी नगरपालिका-४ स्थित वनदेवी फायरिङ रेन्जमा तालिमको क्रममा ग्रिनेड पडकिदा नेपाली सेनाका दुइ जवान घाइते भएका हुन । 

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार वनदेवी फायरिङ रेन्ज देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका हुन् । 

घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्। दुवै घाइतेलाइ यतिखेर काठमाडौं ल्याएको छ तर उनीहरू दुबैको  स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छर।
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update