Harsamaya
चट्याङ लागेर १४ जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

एजेन्सी - भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलबार दिउँसो आएको भारी वर्षा र आँधीबेहरीसँगै परेको चट्याङबाट राज्यका गिरिडीह, दुम्का र लातेहार जिल्ला प्रभावित भएका छन्।

भारतको मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म झारखण्डसहित विभिन्न क्षेत्रमा व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ।

भारतमा मनसुन सुरु भएपछि चट्याङका घटनामा हरेक वर्ष सयौँ मानिसको मृत्यु हुने गरेको छ।
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update