तराईको तनावबारे देउवाको चिन्ता, शान्ति र सद्भाव कायम राख्न सबैलाई आग्रह
काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनयता तराईका विभिन्न क्षेत्रमा देखिएको तनावग्रस्त गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै देउवाले नेपाली समाजको विशेषता आपसी सहअस्तित्व, सद्भाव, एकता र सहकार्य रहेको उल्लेख गर्दै सबै नागरिकलाई शान्ति, सामाजिक सद्भाव र एकताको आदर्शलाई अनुसरण गर्न हार्दिक आग्रह गरेका छन्।
देउवाले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
उनले हिंसा थप भड्किन नदिन सरकारले सबै राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३ ०६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

