Harsamaya
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश: ‘जातीय र धार्मिक सद्भाव कायम राखौँ’
पूर्वराजा ज्ञानेन्द्र शाह ।

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली समाजमा जातीय, धार्मिक र सांस्कृतिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्।

बिहीबार जारी गरेको सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यही विविधता नै नेपालीको पहिचान र गौरव भएको उल्लेख गरेका छन्। कसैको गतिविधिबाट सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्न नहुने उनको भनाइ छ।

पूर्वराजा शाहले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र त्यसको प्रभाव कोशी क्षेत्र तथा तराईका अन्य भागसम्म फैलिएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। यस्ता घटनाले समाजमा अशान्ति सिर्जना गर्नुका साथै नेपालीको मौलिक मूल्य र सहिष्णुताको भावनाविपरीत हुने उनको धारणा छ।

उनले देशका सबै नेपालीलाई संयमता अपनाउँदै आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकता कायम राख्न आग्रह गरेका छन्। हामी सबै नेपाली मिलौँ, यही आजको आवश्यकता हो भन्दै उनले आफ्नो सन्देशको अन्त्य गरेका छन्।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update