बाँदर धपाउन लोड गरेको भरुवा बन्दुक पड्किँदा एक जना घाइते
अर्घाखाँची - अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारामा बाँदर धपाउन लोड गरिएको भरुवा बन्दुक अचानक पड्किँदा एक जना घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय ३० वर्षीय विष्णु थापा रहेका छन्।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १:३० बजे आफ्नै बारीमा बाँदर धपाउन लोड गरिएको भरुवा बन्दुक बोकेर हिँडिरहेका बेला बारिको डिलमा चिप्लिँदा बन्दुक अचानक पड्किएको थियो। घटनामा थापाको दायाँ हातको पञ्जामा चोट लागेको छ।
घाइते थापाको बुटवलस्थित एडमन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ ०७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

