मंगलबहादुर शाही कर्णालीको पाँचौं मुख्यमन्त्री नियुक्त
सुर्खेत - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को सम्बन्धित व्यवस्थाअनुसार शाहीलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
शाहीले तोकिएको समयसीमाभित्र मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका थिए। केन्द्रमा भएको सत्ता साझेदारीको सहमतिअनुसार उनलाई नेकपा (एमाले)को समर्थन प्राप्त भएको थियो। दाबी पेसका क्रममा एमालेका प्रमुख सचेतक टेकराज पछाई पनि उपस्थित थिए।
प्रदेश प्रमुखको सचिवालयका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनीयताको शपथ बुधबार हुने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३ १८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

