Harsamaya
 तीन प्रदेशमा भारी वर्षाको चेतावनी
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा कोशी र मधेशका केही स्थानमा पनि वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रसँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

रातिको समयमा पनि वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका थोरै स्थान र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।

महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update