नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ
काठमाडौं - नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह आज भएको छ ।
आज सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वाधारमन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन ।
लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०८३ ११:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

