देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर मौसममा बदली रहनेछ।
हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, मधेश, बागमती र गण्डकीका तराईका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०८३ ०५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

