भविष्यको स्पष्ट दृष्टि बिना देश अघि बढ्दैन : राजेश हमाल
काठमाडौं – अभिनेता राजेश हमालले देशको शासन प्रणाली ‘हिट एन्ड मिस’अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु बुद्धिमानी नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले कुनै पनि राष्ट्रको भविष्य संयोगले नभई दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिले तय हुने उल्लेख गरेका छन्।
उनले भविष्यप्रतिको स्पष्ट दृष्टिकोण र आगामी ५, १० वा २० वर्षको यथार्थपरक योजना बिना दैनिक व्यवस्थापनमै अल्झिरहने हो भने तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ उन्मुख हुन सक्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३ १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

