नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ
काठमाडौं - बाँकेको नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१८ मा लागुऔषध खरिद–बिक्री भइरहेको सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ की ३३ वर्षीया ललिता बुढाथोकी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ की २४ वर्षीया निशा मगर रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ४०० ग्राम खैरो हेरोइन र तीन थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके बुझाइएको छ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३ १८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

