Harsamaya
कांग्रेसभित्र शक्ति संघर्ष उत्कर्षमा, इतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो
नेपाली कांग्रेसको संस्थापन इतर पक्षको कार्यक्रममा सहभागी नेताहरू ।

काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा  गरिएको हो। पार्टीभित्र देखिएको आन्तरिक विवाद, क्रियाशील सदस्यता, संगठन निर्माण र आगामी रणनीतिबारे छलफल गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको जनाइएको छ।

इतर पक्षले पछिल्ला महिनाहरूमा सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। अब राष्ट्रिय भेलामार्फत पार्टीको भावी रणनीति, संगठनात्मक दिशा र नेतृत्वसम्बन्धी साझा धारणा तय गर्ने तयारी गरिएको बताइएको छ।

पार्टीभित्र सदस्यता नवीकरण, संगठन सञ्चालन र नेतृत्व शैलीलाई लिएर विवाद चुलिँदै आएका बेला राष्ट्रिय भेलालाई कांग्रेसको आन्तरिक राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update