Harsamaya
सानेपा कांग्रेसमा बीपीको गन्ध, रङ र चिन्तन छैन : कुन्दनराज काफ्ले
नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्ले ।

काठमाडौं - नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले बीपी कोइरालाको चिन्तन र समाजवादी विचारलाई आत्मसात् गर्दै पार्टी पुनर्निर्माण गर्न शीर्ष नेतृत्वलाई आग्रह गरेका छन्।

बीपी स्मृति दिवसका अवसरमा कांग्रेस इतर पक्षले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै काफ्लेले अहिले कांग्रेसभित्र व्यक्ति केन्द्रित बहस बढेको तर बीपीले अघि सारेका दूरदर्शी विचार, समाजवाद, राष्ट्रियता र लोकतन्त्रका मुद्दामा पर्याप्त छलफल हुन नसकेको टिप्पणी गरे।

उनले अहिलेको नेतृत्वप्रति कटाक्ष गर्दै सानेपा कांग्रेससँग बीपीको गन्ध, रङ र चिन्तन केही छैन भन्दै वर्तमान पार्टी सञ्चालन शैलीले कांग्रेसलाई नै कमजोर बनाएको आरोप लगाए।

काफ्लेले कांग्रेसलाई पुनः बीपीको विचार र सिद्धान्तअनुसार अघि बढाउन नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update