Harsamaya
 १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ 
खैरो हेरोइन ।

मोरङ - मोरङको रंगेलीबाट १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालमा लागुऔषध बिक्री–वितरण गर्ने गिरोहमाथि निगरानी गर्ने क्रममा रंगेली नगरपालिका–७ बाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, बौकाहा मझराका २८ वर्षीय मोहम्मद मन्तुना र २५ वर्षीय मोहम्मद मकुल रहेका छन्।

उनीहरूको साथबाट १०१ ग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेट बीआर ३८एएच ७१९३ र बीआर ३८एक्यू ८२४३ का दुई मोटरसाइकल तथा दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेली मोरङमा बुझाइएको छ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update