Harsamaya
म्याद नाघेका कोल्ड ड्रिंक बिक्री गरेको भेटिएपछि २ लाख ५ हजार जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यवसायमा गरेको अनुगमनका क्रममा चाबहिलस्थित केएफसी प्रो हाउस मिट एन्ड मार्टलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार उक्त पसलले म्याद गुज्रिएका रश बदाम ड्रिंक, फ्यान्टा र स्प्राइट बिक्रीका लागि राखेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो।

अनुगमनका क्रममा अन्य व्यवसायहरूलाई भने सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update