खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
झापा - झापाको बिर्तामोडबाट ३१.१७० ग्राम खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारत, पश्चिम बंगालको दार्जिलिङ जिल्ला, खोरीबारीका ३३ वर्षीय कमल बर्मनलाई बिर्तामोड नगरपालिका–५ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनको साथबाट ३१.१७० ग्राम खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेका बर्मनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी, झापामा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३ १९:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

