सुन प्रतितोला तीन हजार १०० ले घट्यो
काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २०० कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ कायम थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३ १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

