Harsamaya
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी कक्षका अनुसार नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो । 

दुनैबाट छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार पक्रा गरेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update