मुस्ताङमा ४ लाख बढीको भन्सार छलीका सामान बरामद, बोलेरोसहित तीन जना नियन्त्रणमा
मुस्ताङ - मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको करिब ४ लाख ३५ हजार ८०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
थासाङ गाउँपालिका–३ लेतेस्थित इलाका प्रहरी कार्यालयले नियमित चेकजाँचका क्रममा नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिपबाट भन्सार प्रज्ञापनपत्रविनाका सामान फेला पारेको हो।
बरामद सामानमा जुत्ता, चप्पल, जिन्स पाइन्ट, टाउजर र टिसर्टलगायत रहेका छन्। प्रहरीले गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
प्रहरीले अनुसन्धान जारी रहेकाले सामान ल्याउने व्यक्तिको नाम सार्वजनिक नगरेको छ।
प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३ ०८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

