Harsamaya
यी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका केही स्थान तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी–खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  ०७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update