भारतबाट ल्याइएको १०७ ग्राम खैरो हेरोइनसहित दुई जना सुनसरीमा पक्राउ
सुनसरी - भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको १०७ ग्राम ४५० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार सुनसरीको दुहबी नगरपालिका–४ मा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका–१ का २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १०७ ग्राम ४५० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असार २९, २०८३ १३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

