जाजरकोटमा पहिरोले टहरा पुरिँदा एकको मृत्यु, दुई जनाको सकुशल उद्धार
जाजरकोट - अविरल वर्षासँगै आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ राडुसीमा अस्थायी टहरा पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना सकुशल उद्धार भएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबार राति आएको पहिरोले स्थानीय ६० वर्षीय जयशीला शाह बस्दै आएको अस्थायी टहरा पुरिँदा घटनास्थलमै उनको मृत्यु भएको हो।
घटनामा टहराभित्र रहेका उनकी ४० वर्षीया छोरी मुनुका शाह र ७ वर्षीय नाति लाई भने प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ।
लगातारको वर्षापछि पहिरोको जोखिम बढेकाले जिल्ला प्रशासन र प्रहरीले जोखिमयुक्त क्षेत्रमा बसोबास नगर्न तथा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: सोमबार, असार २९, २०८३ ०९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

