Harsamaya
बाघको आक्रमणबाट एक महिला घाइते
कञ्चनपुरको वेल्डाँडीमा बाघको आक्रमणबाट धनादेवी उपाध्याय घाइते । 

कञ्चनपुर - कञ्चनपुरको वेल्डाँडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । 

प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।

आईतबार वेलुकातिर शुक्लाफाँटा जंगलमा घाँस काट्ने क्रममा उपाध्या माथि बाघदे आक्रमण गरेको प्रहरीले जनाएको छ । 

घाईते उपाध्यायको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update