राप्तीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी
काठमाडौं - बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव आइतबार फेला परेको हो। सोही स्थानकी ११ वर्षीया खुशी सिजापतिको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गरिरहेको छ।
शनिबार दिउँसो करिब ४ बजे घरबाट पौडी खेल्न निस्किएका दुवै जना घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। उनीहरू नदीमा डुबेको जानकारी स्थानीय भैँसी गोठालाले शनिबार राति परिवारलाई दिएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: आइतबार, असार २८, २०८३ २१:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

