Harsamaya
सुनको मूल्य बढ्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज  सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० मा कारोबार भएको थियो ।  

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update