एनपिएल
                                                        
                        
                
                                
                                    कर्णाली याक्स एनपिएलको दोस्रो क्वालिफायरमा, चितवन राइनोजलाई २१ रनले हरायो
                            
                            
                                                        
                                                    काठमाडौं - कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले १७६ रनको लक्ष्य दिएको थियो। चितवनले जवाफमा २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो। चितवनका रवि बोपाराले ५३ रनको योगदान दिए। कर्णालीका जिसन मोक्सुदले ३ विकेट लिए।
पहिला ब्याटिङ गर्दै कर्णालीले २० ओभरमा १७५ रन बनायो। जसमा जयकिसन कोल्सावालाले ५३ रन र विल बसिस्टोले ५२ रन बनाए। अब कर्णालीले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार खेल्नेछ।
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १३:३९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    