Harsamaya

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत अहिले सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुर मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेकोमा २० ओभरमा ९ विकेटको क्षतिमा १२० रन बनायो । 

जसमा ब्रेन्डम म्याकुलमले ३३,थरिन्द रतनायिकेले २७ रन बनाए । जनकपुरका लागि कप्तान हर्मित सिंहले ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम र हर्मित सिंहको कप्तानीमा जनकपुर मैदान उत्रनेछ ।

प्लेअफमा पुग्ने सम्भावना जीवित राख्न दुबै टोलीलाई यो खेल महत्त्वपूर्ण छ ।

पाँच खेबाट ६ अंकसहित सुदूरपश्चिम तेस्रो र समान ५ खेलबाटै ४ अंकमात्रै जोडेको जनकपुर पाचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update