Harsamaya
लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौं दोस्रो स्थानमा उक्लियो

काठमाडौं - काठमाडौं गोर्खाज राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो स्थानमा उक्लिएको छ।

तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले साबिक विजेता लुम्बिनी लायन्सलाई ३६  रनले हरायो।

यो जितपछि काठमाडौंको चार खेलबाट ६ अंक पुगेको छ। लुम्बिनी भने हारपछि पनि ७ अंकका साथ शिर्ष स्थानमा कायमै छ। लुम्बिनीको पाँच खेलबाट पहिलो हार हो ।

काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ ,अभिशेष गौतमले १६ रन जोडे।

बलिङमा काठमाडौंका जहान्दाद खानले ४,करण केसीले २ विकेट लिए।

 यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८  विकेटको क्षतिमा  १६० रन बनायो।

जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे। यी दुबै ब्याटरले १०४ रनको सतकीय साझेदारी गरे। वार्नरले अर्धशतक प्रहार गर्दै ६६ र पटेल ३८ रनमा आउट भए।

लुम्बिनीका शेर मल्ल,अविशेष गौतम र रूवेल ट्रम्पलमेनले २र२ विकेट हात पारे।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update