Harsamaya
सुनको मूल्य १४ सयले घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । 

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदीको मूल्य ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update