एजेन्सी - भेनेजुएलामा विनाशकारी भूकम्प गएको आठ दिनपछि भग्नावशेषमा पुरिएकी ४३ वर्षीय हेर्नान गिलको जीवितै उद्धार गरिएको छ। पानीको कमी र मानसिक असरको आशंकापछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको छ।
भूकम्पपछि यति लामो समयपछि जीवित उद्धार हुनुलाई उद्धारकर्मीहरूले चमत्कारको संज्ञा दिएका छन्। भेनेजुएला, चिली, अमेरिका, पोर्चुगल, कोस्टारिका, एल साल्भाडोर र मेक्सिकोका उद्धार टोलीले लगातार तीन दिनको प्रयासपछि सुरुङ खनेर उनलाई बाहिर निकालेका हुन्।
जुन २४ मा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले राजधानी काराकाससहितका क्षेत्र तहसनहस बनाएका थिए।
हालसम्म २,३०० जनाको मृत्यु पुष्टि भएको, ११ हजारभन्दा बढी घाइते भएका र हजारौँ मानिस अझै बेपत्ता रहेको जनाइएको छ।
घरबारविहीन बनेका पीडितहरू राहतको अभाव, खाद्यान्न संकट र रोग फैलिने जोखिमसँग जुधिरहेका छन्।

