Harsamaya
विदेशी पुरुषलाई बाटो छेकेर अश्लील गतिविधि गर्ने पाँच विदेशी महिला पक्राउ,  प्रहरीमाथि पनि अभद्र व्यवहार
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं – काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा पाँच विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले सडकमा हिँडिरहेका स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई बाटो छेकेर अश्लील गतिविधिका लागि प्रस्ताव गर्दै दुःख–हैरानी दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा चार जना युगान्डाका र एक जना इन्डोनेसियाकी नागरिक रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउपछि सम्झाइबुझाइ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update