Harsamaya
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको चेतावनी 
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सबैमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

महाशाखाका अनुसार मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले यो समयमा त्यस्तो ठाउँमा नजान वा जानैपरे ख्याल गरेर आवतजावत गर्न भनिएको छ । 

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो ।

मौसम विभागले जोखिमयूक्त ठाँउपहिले नै पहिचान गरी आफू सुरक्षित रहन पनि आग्रह गरेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update