Harsamaya
‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवानको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

कैलाली - लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको मृत्यु भएको छ । 

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार आज बिहान ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा घाइते भएका सह–सेनानी हेमराज जोशीलाई उपचारका लागि   नेपालगञ्ज लगिएको जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update