Harsamaya
 २४ बङ्गलादेशी नागरिक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ डल्लु र सितापाइला क्षेत्रमा गैरकानूनी रुपमा बसोबास गर्दैआएका बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैरकानुनी रुपमा नेपाल बस्दै आएका उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । 

प्रहरीले उनीहरुलाई डल्लु, सीतापाइलालगायतका क्षेत्रमा कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि आज अध्यागमन विभाग कालिकास्थान पठाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update