विराटनगर - मोरङको विराटनगरस्थित परोपकार घाटमा अघोरी साधना गरिरहेको अवस्थामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब १२:३० बजे विराटनगर महानगरपालिका–१ स्थित दाहसंस्कार गर्ने सार्वजनिक स्थलमा केही व्यक्तिहरू भेला भएर होहल्ला गरिरहेको र दुई जना निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो।
प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेमा विराटनगर–६ का ४४ वर्षीय शुरेन्द्र मणि महल्ला, रामधुनी नगरपालिका–६ सुनसरीका २५ वर्षीय कैलाश हुडुङ्गाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का २८ वर्षीय मानिस काफ्ले तथा विराटनगर–४ का ४४ वर्षीय छविलाल घिमिरे रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

