स्रोत नखुलेको नगद सहित काठमाडौंमा दुई जना पक्राउ
काठमाडौं - स्रोत नखुलेको नगदसहित काठमाडौंमा दुई जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित ब्लु नोट कफि बारबाट स्रोत नखुलेको नगद २२ लाख रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–६ बस्ने नुवाकोट म्यागङ गाउँपालिका–५ घर भएका ४७ वर्षीय तारालाल विश्वकर्मा र काठमाडौं महानगरपालिका–१६ बस्ने पर्वत मोदी गाउँपालिका–७ घर भएका ५० वर्षीय होम बहादुर केसी रहेका छन् ।
उक्त बारमा अभौतिक मुद्रा सम्बन्धी कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३ १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

