Harsamaya
चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द
चिया बगान ।

काठमाडौं - आज देखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएको छ। 

नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले आज देखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्न लागेका हुन् । 

भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ अर्थात एसओपीका कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसके पछि उद्योगीहरूले चिया बगान र उद्योग बन्द गर्नु परेको जनाएका छन् ।  

नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रहेको र त्यसमध्ये करिब ५ अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले जानकारी दिएका छन् । 

उनका अनुसार भारतको बदलामा बङ्गलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउँदै उनले त्यसतर्फ निर्यातका लागि पहल गरिदनसमेत सरकारसँग माग गरिएको छ ।

चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको तथा वार्षिक १ अर्ब राजस्व बुझाउँने गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update