टिपरमा मोटरसाइकल ठोक्किँयो : एक युवाको मृत्यु
                            
                            
                                                        
                                                     
                                                            मध्यविन्दु - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा शनिबार भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ।
कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा देवचुली नगरपालिका–१६ का २९ वर्षीय केशव महतोको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार जङ्गलमा बिग्रिएर रोकिराखेको लु२ख ४१६६ नम्बरको टिपरमा ना३८प १२७५ नम्बरको मोटरसाइकल ठोक्किएको हो।
गम्भीर घाइते महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिए पनि उनको ज्यान जोगिएन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०६:२३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    