सुनचाँदीको घट्यो
काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार २०० र चाँदी १० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० कायम भएको छ ।
हिजो मङ्गलबार एक तोला सुनको मोल दुई लाख ९८ हजार ५०० र चाँदी चार हजार ९९० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार ३, २०८३ ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

