Harsamaya
चितवनकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
चितवन टाडी माइती भएकी ३९ वर्षिया दिया क्षेत्री ।

काठमाडौं - चितवन टाडी माइती भएकी ३९ वर्षिया दिया क्षेत्रीले आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेकी छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्रीले श्रीमान परस्त्रीसँग लागेर ६ महिना अगडि सुन र गरगहना लगेर फरार रहेको बताइन् ।

सुनसरी जिल्ला चक्रघटी गाउँपालिका ८ स्थायी घर भएका माधव क्षेत्री अर्को महिलासँग लागेर फरार भएपछि चितवनको खैरेनी प्रहरी चौकीमा फागुनमा उजुरी दिएको जानकारी दिएकी छन् ।

लामो समयदेखि आफूलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको बताउँदै भनिन्, ‘तैले बढी गरिस् भने ‘मारेर तेरो मासु कुकुरलाई खुवाउँछु’ भनेर धम्की दिएका छन्, उसलाई पक्रेर कारवाही नभए मेरो ज्यानमाथि खतरा छ ।’

अभियान्ता सोभा पाठकले पीडक माधव क्षेत्रीलाई तत्काल पक्रेर कानुनी कारवाही र पीडतको ज्यानको सुरक्षाको लागि राज्यसँग माग गरेकी छन् । पाठकले भरखरै मात्रै पुनर्बहाली भएका गृहमन्त्री सुदन गुरुङ पीडितको आशाको किरण भएको जिकिर गर्दै दियालाई पनि न्याय दिनेमा पूर्ण आशावादी रहेको बताइन् ।

पीडित क्षेत्रीको बहिनी कृष्णमाया दराईले पीडक माधव क्षेत्रीबाट दिदीलाई निरन्तरको शारीरिक तथा मानसिक यातनाले उच्च रक्तचापको समस्या आएको बताइन् ।

पीडकबाट निरन्तर धम्की आइरहेकोले उनलाई ज्युज्यानको सुरक्षा तथा न्यायको माग गरेकी छन् । पत्रकार पवित्रा लामाले दिया जस्तै हजारौं महिलाहरु आफ्नै घरपरिवार तथा अपरिचित पुरुषहरुबाट पीडित भइरहेकाले राज्यले कडा कानुन बनाउन माग गरिन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update